Logo

सूचनाको हकको अभावमा लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन: राष्ट्रपति



काठमाडौँ, २४ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको अभावमा लोकतन्त्रको परिकल्पना गर्न नसकिने बताएकी छन् ।

राष्ट्रिय पत्रकारिता दिवस-२०७९ का अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यहाँ आज आयोजना गरेको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान’ कार्यक्रममा पुरस्कार प्रदान गर्दै उनले जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेवी सरकार लोकतन्त्रका अपरिहार्यतत्व भएको बताइन् ।

राष्ट्रपति भण्डारीले भन्नि, “नेपालको संविधानले प्रत्येक नागरिकलाई सूचना र सञ्चारको हक तथा मौलिक हकका रुपमा सुनिश्चित गरेको छ, यसबाट अभिव्यक्तिको स्वतन्त्रता संस्थागत हुनुका साथै सार्वजनिक सरोकारका कुनै पनि विषयमा सूचना प्राप्त गर्न नागरिक अधिकारको प्रत्याभूति भएको छ, संविधान प्रदत्व मौलिक हकलाई आधार मानेर हाम्रो मुलुकमा प्रेस स्वतन्त्रता अछुण रहने परिवेश निर्माण भएको छ ।”

उनले नेपाली प्रेस जगतले जनसरोकारका सबैजसो विषयमा नागरिकलाई सुसूचित गराउँदै सार्वजनिक सेवा प्रदायकलाई जनताका आवश्यकताका बारेमा पृष्ठपोषण प्रदान गरी सञ्चार सिटीका रुपमा काम गरिरहेको बताइन् ।

राष्ट्रपति भण्डारीले बाढीपहिरो, भूकम्प, डढेलो एवं कोभिड-१९ महामारीजस्ता विपत्को समयमा आमजनतालाई सचेत र सर्तक बनाउनुका साथै सही सूचना सम्प्रेषण गरी राज्यका जिम्मेवार निकायलाई उपयुक्त रणनीति निर्माणका लागिसमेत पत्रकारिता क्षेत्रले महत्वपूर्ण सहयोग गर्दै आएको चर्चा गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्