Logo

ललितपुरमा चिरिबाबुको अग्रता कायमै



ललितपुर, ४ जेष्ठ । ललितपुर महानगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् ।

२५ हजार २६२ मतगणना गर्दा महर्जनले १३ हजार ६४६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ७ हजार ५१ मत मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले जानकारी दिए ।

उनका अनुसार महानगरपालिकाका उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार मञ्जली शाक्य बज्राचार्यले ७ हजार २७८ मत प्राप्त गरेकी छन् । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका बाबुराज बज्राचार्यले ५ हजार ४०७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्