Logo
  माघ १६, २०७९ सोमबार

पार्टीको घोषणापत्र यथार्थपरक: वाग्ले



काठमाडौँ, १२ कात्तिक । नेपाली कांग्रेसका नेता तथा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले पार्टीको घोषणापत्र यथार्थपरक रहेको दाबी गरेका छन् ।

शनिबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित निर्वाचन घोषणा पत्र सार्वजकि कार्यक्रममा बोल्दै उनले वास्तविकताप्रति बलियो चेत भएको संकल्पपत्र यस्तो हुने बताए ।

नेता वाग्लेले दिगो विकासका लक्ष्यसँगको तादात्म्यता मिल्ने गरेर संकल्प पत्रमा विकासका लक्ष्यहरु राखिएको बताए । घोषणापत्र निर्माण समितिको सदस्य समेत रहेका वाग्लेले युवा बेरोजगारीको नैराश्यता चिर्नका लागि आर्थिक वृद्धिका नयाँ श्रोतहरुको विषयलाई प्राथमिकता दिएको पनि बताए ।

नेता वाग्लेले घोषाणापत्रमा डिजिटलाइजेशन, स्वदेशी उत्पादन, नीतिगत सुधारका विषय र वार्षिक करिब साढे दुई लाख नयाँ रोजगारी सिर्जना गर्नसक्ने विश्वसनियताका आधारहरु समावेश गरेको उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्