Logo
  माघ १५, २०७९ आईतबार

निर्वाचनमा गठबन्धन गर्नु लोसपाको बाध्यता: ठाकुर



महोत्तरी, २१ कात्तिक । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभिन्न पार्टीसँग गठबन्धन गर्नु आफ्नो पार्टीको बाध्यता रहेको स्पष्ट पारेका छन् ।

महोत्तरी सदरमुकाम जलेश्वरमा आइतबार आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन घोषणापत्रको सार्वजनिक गर्दै उनले मधेसी जनतालाई थप अधिकार सम्पन्न बनाउनका लागि विभिन्न ठूला दलसँग निर्वाचनमा सहकार्य गरेको बताए ।

अध्यक्ष ठाकुरले मधेस आन्दोलनका क्रममा उठेका आवाजलाई पूरा गर्न र मधेसलाई न्याय दिलाउनका लागि लोसपाले गठबन्धन गर्नुपरेको हो भने । उनले भने, “ जेलमा रहेका साथीहरूलाई निकाल्नुपर्ने छ, झुठा राजनीतिक मुद्दा खारेज गराउनुपर्नेछ, नागरिकता र संविधान संशोधनको मुद्दा सम्बोधन गराउनुपर्नेछ । साथै मधेस र मधेसीलाई अधिकार सम्पन्न बनाउनु पर्नेछ । त्यसैले गठबन्धन लोसपाको बाध्यता हो । ”

प्रतिक्रिया दिनुहोस्