Logo
  माघ १५, २०७९ आईतबार

मधेस सरकारको लोभमा एमालेसँग जसपाको तालमेल



काठमाडौँ, ३१ असोज । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले निर्वाचनपछि मधेस सरकार बनाउने लोभमा जोखिम उठाएरै भए पनि नेकपा (एमाले)सँग चुनावी तालमेल गरेको पाइएको छ ।

मधेस प्रदेशका प्रदेशसभाका ६४ निर्वाचन क्षेत्रमध्ये जसपाले ३६ सिटमा उम्मेदवारी दिएको छ । त्यसमध्ये ३० सिटमा जसपाले एमालेसँग तालमेल गरेको छ भने बाँकी ६ सिटमा जसपाले एक्लै उम्मेदवारी दिएको छ । मधेसमा एक्लै सरकार निर्माण गर्न कम्तीमा ३३ सिटमा विजयी हुनुपर्छ ।

कारणवश, मधेसमा एक्लै सरकार गठन गर्न संख्या नपुगे पनि प्रदेशसभामा सबैभन्दा ठूलो दल बनाई मुख्यमन्त्री आफ्नो भागमा सुरक्षित राख्ने रणनीति जसपा अध्यक्ष यादवले बनाएका छन् । जसपा प्रवक्ता मनीष सुमनका अनुसार जसपाले एमालेसँग नभई सत्तारुढ दलहरूसँग गठबन्धन गरेको भए बढीमा मधेस प्रदेशमा २२ सिट पाउँथ्यो, जुन सरकार बनाउन बहुमत पुग्दैन ।

एमालेसँगको तालमेलपछि मधेस प्रदेशमा जसपाले सरकार बनाउने सम्भावना छ । किनभने आधाभन्दा बढी सिटमा हामीले उम्मेदवारी दिएका छौ, जसपा प्रवक्ता मनीष सुमनले भने, सत्तारुढ गठबन्धन गरेको भए प्रदेशसभामा बढीमा २२ सिट पाउँथ्यौँ । यो भने भनेको सरकार बनाउने सम्भावना हामीसँग थिएन ।

एमालेसँगको तालमेलपछि मधेस प्रदेशमा जसपाको सरकार बन्ने सम्भावनाको ढोका खुलेको सुमनले बताए । आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्