भारतीय राष्ट्रिय कंग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित
भारत, २ कात्तिक । भारतीय राष्ट्रिय कंग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित भएका छन् ।
बुधवार सार्वजनिक मत परिणामअनुसार खड्केले सात हजार आठ सय ९७ मत र उनका प्रतिस्पर्धी शशि थरुरले एक हजार ७२ मत प्राप्त गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
खड्गेको जितसँगै भारतीय कंग्रेसको नेतृत्व गान्धी परिवारबाट बाहिर गएको छ । तर यो चुनावमा गान्धी परिवारले दलित समुदायका खड्गेलाई नै सघाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कंग्रेसले २२ वर्षपछि चुनाव गरेर नेतृत्व चयन गरेको हो । यसअघि सन् २००० मा भएको चुनावमा सोनिया गान्धीले जितेन्द्र प्रसादलाई हराएर कंग्रेसको नेतृत्व सम्हालेकी थिइन् ।