Logo
  माघ २२, २०७९ आईतबार

नाम टिपाएकासँग टेलिफोन संवाद गर्दै एमाले अध्यक्ष ओली



काठमाडौँ, ४ कात्तिक । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज सर्वासाधरणसँग टेलिफोन संवाद गर्दै छन् । उनीसँग टेलिफोनमा कुरा गर्न लाखौँले नम्बर टिपाएका छन् ।

बुधबार अपराह्नसम्म एक लाख १३ हजार ४७७ जनाले नाम र नम्बर टिपाएकोमा बिहीबारसम्म १ लाख ७१ हजार ७८३ जनाले नाम टिपाएका ओलीको सचिवालयले जनाएको छ ।

“मसँग कुरा गर्न आज दिउँसो १२ बजेसम्म १ लाख ७१ हजार ७८३ जनाले नाम र नम्बर टिपाउनु भएको छ । यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद,” ओलीले आफ्नो फेसबुक पेजमा बिहीबार लेखेका छन्, “धेरै सहभागिता भएकाले आज १२ बजेपछि नाम टिप्न बन्द गरिएको सचिवालयले जानकारी दिएको छ । भोलि हाम्रो कुराकानी हुनेछ । हामी तयार छौं नि? यो उत्साहपूर्ण सहभागिताले खुसी छु ।”

बिहीबार मध्याह्न १२ बजेसम्म आफ्नो विवरण पठाउन सकिने व्यवस्था सचिवालयले गरेको थियो । सचिवालयले छनोट गरेका व्यक्तिसँग ओलीले टेलिफोनमा कुरा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्