Logo
  माघ १६, २०७९ सोमबार

डेङ्गीको जोखिम कायमै: विज्ञ



काठमाडौँ, १२ कात्तिक । यो महिनाभरि डेङ्गीको जोखिम कायमै रहने भन्दै विज्ञहरुले सचेत हुन आग्रह गरेका छन् ।

चिसो बढेसँगै सङ्क्रमितको सख्या घटे पनि जोखिम टरिनसकेको विज्ञहरुको भनाइ छ । विज्ञहरुकाअनुसार जाडो बढेपछि लामखुट्टेको वृद्धिविकास पनि कम हुन्छ र त्यसपछि बिस्तारै सङ्क्रमितको सङ्ख्या कम हुन सक्छ । सबै जिल्लामा फैलिएको डेङ्गीबाट अहिलेसम्म ४६ हजार सङ्क्रमित भइसकेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार अहिलेसम्म ४६ हजार ४१३ जना सङ्क्रमित भइसकेका छन् । त्यसैगरी ५२ जनाको डेङ्गी सङ्क्रमणबाट ज्यान गएको छ ।

सङ्क्रामक रोग विशेषज्ञ डा.शेरबहादुर पुनका अनुसार सङ्क्रमितमध्ये करिब ८० प्रतिशतलाई डेङ्गीको लक्षण कडा नहुने र ५ प्रतिशतभन्दा कमलाई मात्र कडा देखिने भएकाले प्रायजसो लक्षण भएर वा नभएर नै सङ्क्रमित भइसकेकाले वास्तविक सङ्ख्या धेरै हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्