गस्ती जाँदा भिरबाट लडेर घाइते भएकी म्यादी प्रहरीको मृत्यु
धादिङ, १६ कात्तिक । धादिङको त्रिपुरासुन्दरीमा नेपाल प्रहरीसँग गस्तीमा गएकी एक म्यादी प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ की २१ वर्षीया भवानी खकुराल मङ्गलवार प्रहरीसँगै गस्ती जाँदा भिरबाट लडेर घाइते भएकी थिइन् ।
उनलाई उपचारका लागि न्युरो अस्पताल लगिएकोमा त्यहीँ नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्याम खत्रीले जानकारी दिए ।