Logo
  माघ १६, २०७९ सोमबार

ताेसिमाकाे उम्मेदवारी खारेजीकाे माग गर्दै निर्वाचन आयाेगद्वारा सर्वाेच्चमा निवेदन



काठमाडौँ, १८ कार्तिक । निर्वाचन आयाेगले डा.तोसिमा कार्कीको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएको छ ।

आयोगले शुक्रवार सर्वोच्चमा पुगेर कार्कीको उम्मेदवारीको विषयमा सर्वोच्चबाट गएको मङ्गलवार भएको अन्तरिम आदेश बदर गरी पाउँ भनी निवेदन दिएको हो ।

गएको मङ्गलवार कात्तिक १५ गते सर्वोच्चले ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा.तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न निर्वाचन आयोगलाई अन्तरिम आदेश दिएको थियो ।

यसअघि नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकी कार्कीलाई लाभको पदमा कायम रहेको भन्दै निर्वाचन आयोगले गएको शनिवार कात्तिक १२ गते उम्मेदवारी खारेज गरिदिएको थियो । आयोगको त्यस निर्णयविरुद्ध कार्कीले गएको सोमवार कात्तिक १४ गते सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्