Logo
  जेष्ठ ८, २०७९ आईतबार

बाह्रदशी-१ मा कांग्रेसको प्यानलै विजयी



झापा, ३१ वैशाख । बाह्रदशी गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट वडा नम्वर १ को वडाध्यक्षमा टेकवहादुर राजवंशी निर्वाचित भएका छन् । उनीसँगै चारै जना वडा सदस्य नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।

वडाध्यक्षमा निर्वाचित राजवंशीले ५७९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिष्पर्धी एमालेका सम्भूसिंह राजवंशीले ५६३ मत प्राप्त गरेका थिए ।

त्यस्तै वडा सदस्य पदमा विजयप्रसाद अधिकारी र सम्पतलाल गिरी, महिला सदस्यमा निर्मला राई र दलित महिला सदस्यमा गायत्री ऋषिदेव निर्वाचित भएका छन् ।

वडाध्यक्ष पदका लागि पाँच जनाको उम्मेद्वारी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्