सुनको भाउ घट्यो
काठमाडौँ, ४ कात्तिक । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ तोकेको छ । यो बिहीबारको भाउ भन्दा ६ सय रुपैयाँले सस्तो हो ।
आज चाँदीको भाउ भने स्थिर छ । चाँदी बिहीबार जस्तै तोलामा एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।