Logo
  मंसिर २०, २०७९ मंगलबार

यस्तो छ आजको मौसम



काठमाडौँ, १६ असोज । देशका पहाडी भूभागमा आज दिउँसो आंशिकदेखि सामान्य बदली र बाँकी भूभागहरूमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राति पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका एकाध स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्