Logo
  माघ २५, २०७९ बुधबार

एनआरएनएको महाधिवेशन चैत १० र ११ गते हुने



काठमाडौँ, ८ चैत । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १० औँ महाधिवेशन चैत १० र ११ गते काठमाडौँमा हुने भएको छ ।

मङ्गलवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै विधानसम्मत महाधिवेशन गर्ने एनआरएनएले जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कुमार पन्तले गैरआवासीय एकताबद्ध रहने दाबी गरेका थिए । उनले एनआरएनएले नेपालको सामाजिक तथा आर्थिक समृद्धिका निम्ति प्रभावकारी भूमिका खेल्ने पनि बताए । अध्यक्ष पन्तले अधिवेशनबाट तीनै जना अध्यक्षका उम्मेदवारले मिलेर संस्थालाई अघि बढाउने सहमति भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्