Logo
  माघ २२, २०७९ आईतबार

दक्षिण कोरियामा भएको भागदौडको घटनाप्रति देउवाद्वारा दु:ख व्यक्त



काठमाडौँ, १३ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण कोरियामा भागदौडमा परेर १ सय ५१ जनाको मृत्यु भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत देउवाले मृतकप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गरेका हुन् ।

उनले घटनाले आफूलाई दु:खित तुल्याएको उल्लेख गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्