Logo
  श्रावण ३०, २०७९ सोमबार

साफ यु-२० च्याम्पियनसिपको उपाधि भारतलाई



भारत, २१ साउन । २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि घरेलु टोली भारतले जितेको छ ।

भुवनेश्वरको कालीङ्गा मैदानमा शुक्रबार भएको खेलमा बङ्लादेशलाई ५-२ गोल अन्तरले हराउँदै भारतले उपाधि जितेको हो ।

भारतका फरवार्ड गुर्किरत सिंहले चार तथा हिमांशु जाग्राले एक गोल गरे । प्रतिस्पर्धात्मक फाइनल खेलको निर्धारित समयमा दुवै टोलीले २-२ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा भारतले तीन गोल थप्यो । बङ्लादेशका राजन होब्लादर र शमिम मियाले एक-एक गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्