रुसी र अमेरिकी रक्षा प्रमुखबीच युक्रेनको विषयमा टेलिफोन वार्ता
वाशिङ्गटन, ५ कात्तिक,(सिन्ह्वा) । रुसी रक्षामन्त्री सर्गेई शोइगु र अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार अन्तरराष्ट्रिय सुरक्षा, विशेषगरी युक्रेनको अवस्थाका बारेमा छलफल गरेका छन् ।
उनीहरू बीच टेलिफोन वार्ता भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । कुराकानीमा दुवै पक्ष छलफललाई निरन्तरता दिने बारे सहमत भएको बताइएको छ ।