Logo
  माघ २२, २०७९ आईतबार

प्रदेशको विकास र समृद्धि गर्नुलाई चुनौती ठानेको छु: मनाङे



पोखरा, १ कात्तिक । राजीव गुरुङ उर्फ दीपक मनाङेले आफूलाई गण्डकी प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित गराएकामा धन्यवाद दिएका छन् ।

मनाङेले सोमबार फेसबुकमा स्टाटस लेख्दै बधाई तथा शुभकामना व्यक्त गर्नेलाई धन्यवाद दिएका हुन् ।

“मनाङ जिल्ला (ख) बाट मलाई प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित हुन सहयोग गर्नुहुने र मेरो जितमा बधाई तथा शुभकामना व्यक्त गर्नुहुने महानुभावहरुलाई हृदयदेखि धन्यवाद भन्न चाहन्छु,” उनले लेखेका छन् ।

आफूले छोटो कार्यकालमा मन्त्री हुँदा जनताको सेवा गरेको र दोस्रो कार्यकालमा अझ बढी सेवा गर्ने उनले उल्लेख गरेका छन् ।

“छोटो कार्यकालमा युवा तथा खेलकुदमन्त्री हुँदा जनताको जे जति सेवा गर्न सकेँ, दोस्रो कार्यकालमा अझ बढी सेवा गर्ने वाचा र अठोट गर्दछु,” उनले लेखेका छन्, “मेरो लागि जितभन्दा आफ्नो प्रदेशको विकास निर्माण र समृद्धि गर्नुलाई चुनौती ठानेको छु ।”

मनाङेले मनाङ ‘ख’बाट स्वतन्त्र रूपमा उमेदवारी दिएका थिए । प्रमुख दलले उनीविरुद्ध उम्मेदवार उठाएनन् । उनीविरुद्ध परेको अर्को स्वतन्त्र उमेदवारी पनि फिर्ता गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्