Logo
  जेष्ठ ८, २०७९ आईतबार

आज पनि मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा दिइँदै



काठमाडौँ, २९ वैशाख । निर्वाचन आयोगले आज पनि मतदाता परिचयपत्र वितरण गर्नुका साथै मतदातालाई मतदान गर्ने तरिका सिकाउँदै छ ।

आयोगले हिजो पनि नमुना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी गराएको थियो । हिजो छुटेकाहरुलाई आज मतदाता परिचय पत्र वितरण गरिने र मतदातालाई मतदान गर्ने तरिका सिकाउने आयोगले जनाएको छ ।

हिजो धेरैजसो मतदाताले मतदानपत्र अलि झन्झटिलो भएको बताएका छन् । उनीहरूलाई बुझाउने काम भइरहेको मतदान अधिकृत र कर्मचारीको दाबी छ । उनीहरुले मतपत्रमा छाप हान्ने र व्यवस्थित रूपले पट्याउने काम सिकाइरहेको बताएका छन् ।

देशभरका पालिकामा जनप्रतिनिधि छान्न भोलि बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुँदैछ । मतदाताले एक-एक प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष र चार सदस्य गरी ७ जना जनप्रतिनिधि चुन्नुपर्नेछ । हरेक मतदाताले मतपत्रमा सात ठाउँमा स्वस्तिक छाप लगाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्