Logo
  माघ २२, २०७९ आईतबार

एमाले लोकतन्त्र विरोधी पार्टी: पौडेल



बागलुङ, ८ कात्तिक । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेकपा एमाले लोकतन्त्र विरोधी पार्टी भएको आरोप लगाएका छन् ।

सोमबार चुनावी सभानिसी खोलामा बोल्दै उनले नेकपा एमाले लोकतन्त्र विराधी पार्टी भएको आरोप लगाएका हुन् ।

“हामीले लडेर ल्याएको व्यवस्था विरुद्धमा नेकपा एमाले छ,” उनले भने,“ ७० वर्ष लामो सघर्षबाट प्राप्त संघीय लोकतन्त्र सहितको गणतन्त्र सक्काउन एमाले उद्दत छ ।

उनले संसारभरको निर्वाचन व्यवस्थालाई हेरेर नेपालमा मिश्रित निर्वाचन प्रणाली ल्याएको बताएका छन् । “यो प्रणाली ल्याउन सातदशक सघर्ष गर्नुपर्यो”, उनले भने, “यो प्रणालीमा भएका कमि कमजोरीलाई सच्चाएर जनताको हितमा लाग्दै समाजवाद उन्मुख राज्य प्रणालीमा जान्छौं ।

सरकारले ९६ प्रकारका निःशुल्क औषधिसहित प्रत्येक स्थानीय तहमा पालिकास्तरीय अस्पताल बनाउने चरणमा रहेको बताउँदै १२ कक्षासम्म शिक्षा नि:शुल्क हुने आश्वासन दिए ।

प्रतिक्रिया दिनुहोस्