Logo
  माघ २१, २०७९ शनिबार

टी-२० विश्व कप: जिम्बावेसँग पाकिस्तान स्तब्ध



पर्थ, ११ कात्तिक । आईसीसी टी-२० विश्व कप क्रिकेटमा पाकिस्तान जिम्बावेसँग पराजित भएको छ ।

पर्थमा भएको खेलमा जिम्बावेले पाकिस्तानलाई एक रनले हराएको हो ।

जिम्बावेले दिएको एक सय ३१ रनको मध्यम लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २९ रनमात्र बनाउन सक्यो । उसका शन मसुदले ४४ रन बनाए । बलिङतर्फ जिम्बावेका सिकन्दर राजाले तीन विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३० रन बनायो । उसका सेन विलियम्सले ३१ रन बनाए । बलिङतर्फ पाकिस्तानका मोहम्मद वसिमले चार र शदाब खानले तीन विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्