Logo
  माघ १६, २०७९ सोमबार

घरको पाँचौँ तलाबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु



काठमाडौँ, १४ कात्तिक । काठमाडौँमा घरको पाँचौँ तलाबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।

बागबजारमा रहेको नानीदेवी महर्जनको घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी दुई वर्षीया छोरी रियासाको बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराति आफ्नै घरबाट खसेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बिहान ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्