Logo
  जेष्ठ ८, २०७९ आईतबार

शेयर बजार आज साढे १८ अङ्कले घट्यो



काठमाडौँ, २९ वैशाख । लगातार चार दिनसम्म बढेको शेयर बजार कारोबार हुने हप्ताको अन्तिम दिन बिहीवार भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ६४ अङ्कले घटेर दुई हजार तीन सय ५० दशमलव ४२ विन्दुमा झरेको छ ।

आज उत्पादन र अन्यबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । बुधवार दुई अर्ब १६ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज दुई सय २८ वटा कम्पनीका ५२ लाख २७ हजार कित्ता शेयर दुई अर्ब ३२ करोड ८४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको ११ करोड १० लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै प्राइम लाइफ इन्सुरेन्सको शेयर साढे सात प्रतिशत र युनियन लाइफ इन्सुरेन्सको शेयर सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सबैभन्दा धेरै जालपा लघुवित्तको शेयर १० तथा तेह्रथुम पावर कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्