Logo
  माघ १५, २०७९ आईतबार

राप्रपाको चुनावी घोषणापत्र सार्वजनिक



काठमाडौँ, १४ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चुनावी संकल्पपत्र सार्वजनिक गरेको छ ।

मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले सोमबार घोषणापत्र सार्वजनिक गरेको हो ।

राप्रपाले आफ्नो घोषणापत्रमा उच्चस्तरीय नागरिक आयोग गठन गरी २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीहरुको सम्पत्ति छानविन गर्ने र अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था लागू गर्ने उल्लेख गरेको छ ।

आफू बरु नष्ट हुने तर भ्रष्ट नहुने प्रतिवद्धता गर्दै राप्रपाले भ्रष्टाचारमुक्त, जवाफदेही तथा पारदर्शी शासन पद्दति व्यवहारमा लागु गर्ने उल्लेख गरेको छ ।

घोषणापत्रमा राप्रपाले “नेपाल बन्द” कहिल्यै नगर्ने र नेपाल बन्द सधैँका लागि बन्द गर्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्