Logo
  माघ २२, २०७९ आईतबार

केन्द्रीय तथ्यांक विभागको नाम फेरिएपछि किचलो



काठमाडौँ, ६ कात्तिक । स्थापनाको ६४ वर्षपछि नयाँ तथ्यांक ऐनअनुसार गत साता केन्द्रीय तथ्यांक विभागले थापाथलीमा रहेको केन्द्रीय कार्यालयमा रहेको बोर्ड परिवर्तन गर्यो ।

तथ्यांक ऐन, २०७९ का अनुसार तथ्यांक संकलन, प्रशोधन, भण्डारण, प्रकाशन तथा वितरणको जिम्मा पाएको यो कार्यालयलाई विधिवत् रूपमा गत बिहीबार राष्ट्रिय तथ्यांक कार्यालय नामकरण गरिएको थियो ।

गत भदौ २८ गते जारी राजपत्रमार्फत सार्वजनिक गरिएको तथ्यांकसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐनको परिच्छेद ६ मा भनिएको छ, तथ्यांकसम्बन्धी काम गर्ने केन्द्रीय निकायका रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत रहनेगरी एक राष्ट्रिय तथ्यांक कार्यालय रहनेछ ।

यसै सातादेखि कार्यालयको वेबसाइट पनि नयाँ रूपमा आइसकेको छ । तर यही अवधिमा राष्ट्रिय योजना आयोगका उच्च अधिकारीले यो निकाय आफ्नै मातहतमा रहनुपर्ने र त्यसका लागि अध्यादेशमार्फत ऐन सुधार गरिने सार्वजनिक अभिव्यक्ति दिए र दिइरहेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्