Logo
  माघ १७, २०७९ मंगलबार

शेयर बजार दोहोरो अंकले बढ्याे



काठमाडौँ, ६ कार्तिक । पछिल्लो समय लगातार घटिरहेको शेयर बजार परिसूचक नेप्से आज भने दोहोरो अंकले बढेको छ ।

आज नेप्से १४ दशमलव ३५ अंकले बढेर एक हजार आठ सय ५८ दशमलव ४९ अंकमा पुगेको छ ।

आज होटल तथा पर्यटन र म्यूचुअल फण्ड बाहेक सबै समूहको शेयर बढेकोमा बीमा, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अंकले बढेको छ ।

दुई सय २१ वटा कम्पनीका १५ लाख ३८ हजार कित्ता शेयर ५१ करोड ६८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एभरेष्ट बैंकको पाँच करोड १६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्