Logo
  माघ १६, २०७९ सोमबार

पटका पड्काए कडा कारबाही गर्ने चेतावनी



काठमाडौँ, ७ कार्तिक । जिल्ला प्रहरी परिसर काठमाडौँले तिहारको वेला पटका नपड्काउन र झिरझिरे ​नबाल्न आग्रह गरेको छ ।

प्रहरीले यसबाट आगलागी हुने लगायत जोखिम रहेको भन्दै पटका पड्काए कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

टोलमा तास, जुवा खेल्न नपाइने र खेलेको पाए नजिकैको प्रहरीलाई खबर गर्न प्रहरीले आग्रह गरेको छ । ‘आतिसबाजी (पटका,झिरझिरे पड्काउने) नगरौँ,’ प्रहरीले सूचना जारी गर्दै भनेको छ, ‘पड्काएको पाए मुलुकी अपराध संहिता २०७४ को विष्फोटक पदार्थसम्बन्धी कसूरमा ३ वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्