Logo
  माघ १५, २०७९ आईतबार

दक्षिण कोरियामा भागदौड: १ सय ५१ जनाको मृत्यु



दक्षिण कोरिया, १३ कात्तिक । दक्षिण कोरियाको राजधानी सिओलमा भागदौड मच्चिँदा कम्तीमा पनि १ सय ५१ जनाको मृत्यु भएको छ ।

शनिवार राति हालुविन इभ मनाउन जम्मा भएका युवायुवतीहरूको भिडमा मच्चिएको भागदौडमा १ सय ५१ जनाको मृत्यु भएको र कयौँ जना घाइते भएका बीबीसीले जनाएको छ ।

मृत्यु हुनेमध्ये १९ जना विदेशी नागरिक पनि रहेका छन् । ३ सय ५५ जना हराइरहेका भन्दै आफन्तले सिओल महानगरमा गुनासा टिपाएका पनि खबरमा उल्लेख छ । सडकमा एक लाख जना सहभागी भएका बेलामा एक्कासी भागदौड मच्चिएको थियो ।

कोरोना महामारीका कारण तीन वर्षसम्म हालुविन इभ मनाउन नपाएका हजारौँ कोरियाली युवायुवती यसपालि निकै उत्साहकासाथ सडकमा निस्केर इभ मनाइरहेका थिए । मध्यरातमा भएको भागदौडबाट ज्यान गुमाउनेमध्ये धेरैजसो युवायुवती नै रहेका खबरमा उल्लेख छ । कोरियाली सरकारले घटनाको छानबिन गर्न एक समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्