Logo
  माघ १६, २०७९ सोमबार

हङ्गेरी: संसदीय निर्वाचनमा सत्ता गठबन्धन विजयी



हङ्गेरी, २१ चैत । हङ्गेरीमा भएको संसदीय निर्वाचनमा प्रधानमन्त्री भिक्टोर अर्बान नेतृत्वको गठबन्धन नै विजयी भएको छ ।

नयाँ संसद् गठनका लागि आइतवार भएको निर्वाचनमा सत्तारुढ दल फिडेस नेतृत्वको केडीएनपी गठबन्धन विजयी भएको हो । मतपरिणाम सार्वजनिक भएसँगै सत्तारुढ दलका नेताहरूले देशभरी खुसीयाली मनाएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

फिडेस नेतृत्वको गठबन्धनले ७१ प्रतिशत मतगणना हुँदा नै ५४ दशमलव ६५ प्रतिशत मत प्राप्त गरेको थियो । एक सय ९९ संसदीय सिटमध्ये एक सय ३४ सिटमा सत्तारुढ गठबन्धन विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्