५.३ म्युग्निच्युडको भूकम्प, नुवाकोट बेलकोटगढी केन्द्रविन्दु
काठमाडौँ, २१ साउन । काठमाडौँमा शनिबार बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नुवाकोटको बेलकोटगढी आसपास केन्द्रविन्दु भएर ५.३ म्युग्निच्युडको भूकम्प गएको हो ।
गत साउन १५ गते पनि खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियो । पछिल्लो समय पराकम्पभन्दा पनि नयाँ भूकम्प जाने क्रम बढेको छ । २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको ठूलो भूकम्प गएको थियो ।