Logo
  असार २०, २०७९ सोमबार

गठबन्धनमा अपमान गरियो: खनाल



काठमाडौँ, ८ असार । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सत्ता गठबन्धनभित्र आफ्नो पार्टीलाई अपमान गरिएको बताएका छन् ।

बुधबार काठमाडौँमा स्थानीय तहका जनप्रनिधिहरूलाई शुभकामना दिन आयोजित कार्यक्रममा उनले सत्ता गठबन्धनभित्र पार्टीलाई अपमान गरिएको भन्दै पाउनुपर्ने सिट गुमाएको जिकिर गरे । “गठबन्धनले बिलकुलै अपमान गर्‍यो । जति मत पाउनपर्थ्यो, त्यति मत पनि प्राप्त गर्न सकेनौँ । त्यति सिट पनि प्राप्त गर्न सकेनौँ,” उनले भने ।

यस्तै खनालले आफ्नो पार्टीसँग २० लाख मत भएको दाबी गरेका छन् ।

उनले पार्टीसँग २० लाख मत रहे पनि आन्तरिक त्रुटिका कारण त्यो संकलन गर्न नसकेको बताए ।

“हामीले धेरै ठाउँमा जित्न सकेनौँ । जित्न नसक्नुमा धेरै कारण छन् । हामी समीक्षा गरिरहेका छौँ । हामीले खुल्ला मनस्थिति लिएर राष्ट्रव्यापी रूपमा हाम्रा उमेदवार उठाउन सकेको भए अहिले हामीले नौ लाख छ भन्छौँ नि,” खनालले भने, “हामीसँग २० लाखभन्दा बढी मत छ । त्यो मत संकलन गर्न सकेनौँ ।”

प्रतिक्रिया दिनुहोस्