Logo
  माघ २१, २०७९ शनिबार

कांग्रेस र माओवादीको घोषणापत्रमा आ-आफ्नै नेतृत्वमा सरकारको परिकल्पना



काठमाडौँ, १५ कात्तिक । गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र प्रमुख साझेदार नेकपा माओवादीले चुनावपछिको सरकारमा नेतृत्व गर्ने आ-आफ्नो दाबी सहित घोषणापत्र सार्वजनिक गरेका छन् ।

कांग्रेसले लोकतन्त्र र संविधानको रक्षा, स्थायित्व र समुन्नतिको नेतृत्व गर्ने अभिभारा पुन: आफ्नो काँधमा आएको भन्दै घुमाउरो भाषामा सरकारको नेतृत्वमा दाबी गरेको छ ।

नेकपा माओवादी केन्द्रले आफ्नो दलको नेतृत्वमा आगामी सरकार बन्नुपर्ने भन्दै सात वटा कारण पेस गरेको छ ।

कांग्रेसको घोषणापत्रमा आगामी सरकारको नेतृत्व कसले गर्छ भन्नेबारे मौन छ । तर माओवादी केन्द्रले चाहिँ पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘एक्लो नेता’को रूपमा अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्