Logo
  श्रावण ३०, २०७९ सोमबार

बङ्गलादेशसँग बराबरीमा रोकियो नेपाल



भारत, १७ साउन । २० वर्षमुनिको साफ च्याम्पियनशिपमा नेपालले बङ्गलादेशसँग बराबरी खेलेको छ ।

भुवनेश्वरको कालिङ्गा रङ्गशालामा भएको खेलमा नेपालले बङ्गलादेशसँग एक–एक गोलको बराबरी खेलेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोलीबाट अवसर बने पनि गोल भने हुन सकेन । दुवै गोल दोस्रो हाफमा भयो ।

खेलको ६३ औँ मिनेटमा बङ्गलादेशका मोहमद पियास अमहेद नोभाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर त्यसको पाँच मिनेटमा नै नेपालका लागि निरञ्जन मल्लले गोल गर्दै खेल एक-एक गोलको बराबरीमा ल्याएका थिए ।

यो बराबरीसँगै बङ्गलादेश चार खेलमा १० अङ्ककासाथ तालिकाको शीर्ष स्थानमा रहँदै फाइनल पुगेको छ । नेपाल चार खेलमा सात अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको भारत भने ६ अङ्कसहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्