Logo
  माघ १५, २०७९ आईतबार

चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय महाधिवेशन सुरु



चिन, ३० असोज । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ ।

राजधानी बेइजिङमा पार्टी महासचिव सी जिनपिङले महाधिवेशनको उद्घाटन गरेको बीबीसीले जनाएको छ ।

आउँदो पाँच वर्षका लागि पार्टीको नेतृत्व र राजनीतिक कार्यदिशा पारित गर्ने सीपीसीको महाधिवेशन हरेक पाँच वर्षमा आयोजना हुन्छ । झन्डै दुई हजार तीन सय जना पार्टी प्रतिनिधि सहभागी महाधिवेशनले तीन सय ७० जनाको केन्द्रीय समिति चयन गर्नेछ । जसमा २५ जना पोलिटब्युरो सदस्य र त्यसमध्ये सात जना स्थायी समिति सदस्य चुनिने छन् ।

पोलिटब्युरोलाई चीनको राष्ट्रपतीय मन्त्रिमण्डल सरह ठानिन्छ । सीलाई सम्मेलनमार्फत तेस्रो कार्यकालका लागि पार्टी प्रमुख बनाउने सम्भावना रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्