Logo
  माघ २२, २०७९ आईतबार

शेयर बजार सोमवार पनि घट्यो



काठमाडौँ, ३१ असोज । शेयर बजार सोमवार पनि घटेको छ ।

आइतवार झन्डै १० अंकले घटेको शेयर बजार आज दुई दशमलव ६१ अंकले घटेर एक हजार आठ सय ५८ दशमलव ३३ बिन्दुमा झरेको छ ।

आज बैंक, व्यापार, होटल, निर्जीवन बीमा, म्युचल फन्ड र अन्य समूहबाहेकको शेयर घटेको छ । जीवन बीमा, उत्पादन र फाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ ।

नेप्से सूचक घटेको दिन दुई सय १९ कम्पनीको १६ लाख ३१ हजार कित्ता शेयर ५१ करोड ५८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको दुई करोड ७९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्