Logo
  माघ २२, २०७९ आईतबार

शेयर बजार दाेहाेराे अंकले घट्याे



काठमाडौँ, २ कात्तिक । शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ८१ अंकले घटेर एक हजार आठ सय ४५ दशमलव ५१ विन्दुमा झरेको छ ।

आज होटल र म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेको छ । दुई सय १६ वटा कम्पनीको २१ लाख ५१ हजार कित्ता शेयर ६४ करोड ३६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सोल्टी होटलको तीन करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्