Logo
  माघ १५, २०७९ आईतबार

लोलाङ हाइटमा लागेको आगोबाट जुत्ता कारखाना, रेस्टुरेन्ट र वर्कसपमा क्षति



काठमाडौँ, ८ कार्तिक । काठमाडौँको लोलाङ हाइटमा लागेको आगोबाट जुत्ता कारखाना, रेस्टुरेन्ट र वर्कसपमा क्षति पुगेको छ ।

काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर-४ लोलाङ हाइटमा हिजो बेलुका भएको आगलागीबाट जुत्ता कारखानासहित जुत्ताको सोरुम, एउटा रेस्टुरेन्ट र मोटरसाइकल वर्कशपमा क्षति भएको हो ।

सोमबार बेलुका लक्ष्मी पूजा गरेको केही बेरमै जुत्ता कारखानामा आगलागी भएको बालाजु प्रहरी वृत्तले जनाएको छ ।

स्थानीय बासिन्दा, प्रहरी र दुई वटा दमकलको सहयोगमा आगो हिजो नै निभाइएको थियो । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भैरहेको प्रहरी वृत्त बालाजुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्