Logo
  माघ १५, २०७९ आईतबार

जनमतको कदर नगरे जनताले विरोध गर्छन्: थापा



काठमाडौँ, ९ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारूढ गठबन्धन विजयी हुने दाबी गरेका छन् ।

काठमाडौँ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यको उमेदवारसमेत रहेका महामन्त्री थापाले सत्तारूढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा विजयी भएर सरकार बनाउने बताएका हुन् ।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतको पाँचवर्ष खेर गएको उल्लेख गर्दै आफूहरूले जितेपछि भने त्यो समयलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

महामन्त्री थापाले निराश र आक्रोशित जनताको मत लिएर सरकार बनेपछि सत्तारूढ गठबन्धनले त्यसलाई खेर जान नदिने गरी काम गर्नुपर्ने पनि स्पष्ट पारेका थिए ।

जनमतको कदर हुनेगरी काम गर्न सकिएन भने जनताले विरोध गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्