Logo
  श्रावण ३०, २०७९ सोमबार

शेयर बजार उच्च अङ्कले घट्याे



झापा, २० साउन । शेयर बजार शुक्रवार पनि उच्च अङ्कले घटेको छ ।

बिहीवार ३८ दशमलव ६१ अङ्कले घटेको शेयर बजार आज पनि ३४ दशमलव ८५ अङ्कले घटेको छ । आज नेप्से दुई हजार एक सय १३ दशमलव ३० बिन्दुमा झर्‍यो ।

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, व्यापार, फाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओराले लागेको छ ।

शेयर बजार उच्च अङ्कले घटेको दिन दुई सय १३ वटा कम्पनीको ६४ लाख १६ हजार कित्ता शेयर दुई अर्ब ६२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको १५ करोड ६६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्