Logo
  माघ १६, २०७९ सोमबार

प्रधानमन्त्री देउवा र माओवादीका अध्यक्ष प्रचण्डद्वारा जाेशीप्रति श्रद्धाञ्जली अर्पण



काठमाडौँ, ३० असोज । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थीव शरीरमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रधानमन्त्री देउवा र माओवादीका अध्यक्ष प्रचण्ड ललितपुर महानगरपालिकाको प्राङ्गण पुल्चोकमै पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन् । अहिले जोशीको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण गर्ने काम भइरहेको छ ।

संस्कृतिविद् जोशीको १ सय ३ वर्षको उमेरमा किस्ट अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्