पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार
पाकिस्तान, १७ कात्तिक । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ ।
उनीमाथि पूर्वी सहर लाहोरमा विरोध र्यालीका क्रममा गोली प्रहार भएको हो ।
खान गोली लागेर घाइते भएको बताइएको छ । उनको दल पीटीआईका सदस्यहरूले अन्य थप चार जना घाइते भएको बताएका छन् ।
उक्त घटनामा कसैको मृत्यु भने नभएको बताइएको छ । खानको गोडाको कुन भागमा गोली लागेको भन्ने स्पष्ट छैन ।
तर उनका एक जना सहयोगीले उनी खतरामा नरहेको बताए । खान चुनावको माग गर्दै विरोध र्यालीमा सहभागी भइरहेका थिए । एएफपी समाचार संस्थासँग बोल्दै उनका वरिष्ठ सहयोगीले भने, ‘यो उनको हत्या गर्ने प्रयास थियो ।’