Logo
  जेष्ठ ८, २०७९ आईतबार

अमेरिकामा कोरोनाका कारण अस्पताल भर्ना हुनेहरु बढ्न थाले



अमेरिका, २५ वैशाख । संयुक्त राज्य अमेरिकामा पछिल्लो समयमा कोरोना भाइरसका कारण अस्पताल भर्ना हुनेहरुको संख्या बढ्न थालेको पाइएको छ ।

यहाँका स्वास्थ्य अधिकारीहरुले अमेरिकामा पछिल्लो समयमा कोरोना र कोरोनाजन्य संक्रमणका कारण अस्पतालमा भर्ना हुने मानिसको संख्या बढ्न थालेको जनाएका छन् ।

अमेरिकी दैनिक पत्रिका ‘द न्युयोर्क टाइम्स’ले शुक्रबारको अंकमा सो समाचार दिएको छ । सो पत्रिकाले पछिल्ला केही हप्ताहरुमा अमेरिकाका नागरिकहरु कोरोना संक्रमण भएपछि अस्पताल भर्ना हुन जाने बढेका जनाएको छ।

प्रतिक्रिया दिनुहोस्