Logo
  आश्विन १६, २०७९ आईतबार

कमल र मेलिनाले गरे इन्गेजमेन्ट



झापा, २६ भदौ । गायक कमल खत्री र गायिका मेलिना मैनालीले इन्गेजमेन्ट गरेका छन् ।

आइतवार सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै मेलिनाले यसबारे जानकारी दिएकी हुन् ।

उनले फेसबुकमा लेखेकी छिन्, ‘जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जीवनकै सुखद पक्ष हो । चाहना यति छ कि साथ तिम्रो होस् र जीवन कहिले खतम नहोस् । जीवनको हरेक उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाजअनुसार इन्गेजमेन्ट गरेका छौँ ।’

कमल र मेलिनाको प्रेम सम्बन्धबारे सामाजिक सञ्जालमा चर्चा हुँदै आएको थियो । यी दुईले ‘गुनगुनाउने बानी’, ‘म गीत हुँ तिम्रो’, ‘गुनगुनाउने बानी परेछ’ बोलको गीतमा स्वर दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्