Logo
  माघ २५, २०७९ बुधबार

निर्वाचन आयोगद्वारा आवश्यक सामग्रीहरु पठाउन सुरु



काठमाडौँ, १२ कात्तिक । मंसिर ४ गते हुने चुनावका लागि निर्वाचन आयोगले आवश्यक सामग्रीहरु जिल्लामा पठाउन सुरु गरेको छ ।

मतपेटिका, छेकाबारा, स्वस्तिक छाप लगायतका विभिन्न ५७ प्रकारका सामग्रीको ढुवानी सुरु गरिएको आयोगले जनाएको छ ।

आयोगकाअनुसार हिजोदेखि सुदूरपश्चिम, कर्णाली र पूर्वाञ्चलका जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी सुरु गरिएको हो । अब दुर्गम जिल्लाहरूमा निर्वाचन सामग्रीको ढुवानी गरिने आयोगले जनाएको छ ।

आयोगकाअनुसार जिल्ला निर्वाचन कार्यालयमार्फत ती सामग्रीलाई सम्बन्धित निर्वाचन अधिकृतलाई बुझाउने र निर्वाचन अधिकृतले मतदान अधिकृतलाई बुझाउनेछन् । आयोगले पूर्व निर्धारित कार्यतालिका अनुसार नै निर्वाचन सामग्रीको ढुवानीको काम भइरहेको जनाएको छ ।

मतपत्र ढुवानीको काम पनि भइरहेको छ । अहिलेसम्म समानुपातिकतर्फको मतपत्र ८ वटा जिल्ला बाहेक सबै जिल्लामा ढुवानी भइसकेको आयोगले जनाएको छ । केही दुर्गम जिल्लामा बाटोघाटो अवरोध भएका कारण मतपत्र ढुवानीको काम बाँकी रहेको छ । आयोगका अनुसार प्रत्यक्षतर्फका मतपत्र अबका केही दिनमा दुर्गम जिल्लाबाट ढुवानीको क्रम सुरु गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्