Logo
  माघ १६, २०७९ सोमबार

श्रीलङ्कामा दैनिक १० घण्टा बिजुली कटौती



श्रीलङ्का, १६ चैत । श्रीलङ्कामा आजदेखि दैनिक १० घण्टा बिजुली कटौती हुने भएको छ ।

देशमा ऊर्जा सङ्कट उत्पन्न भएकाले देशव्यापी बिजली कटौती दैनिक रूपमा गर्नुपरेको अधिकारीहरूले बताएका एएफपीले जनाएको छ ।

दुई करोड २० लाख जनसङ्ख्या रहेको दक्षिण एसियाली देश श्रीलङ्कामा आर्थिक सङ्कट चुलिएको छ भने विदेशी मुद्राको अभाव भएको छ ।

श्रीलङ्कामा प्रयोग हुने बिजुलीमध्ये ४० प्रतिशत बिजुली जलविद्युत् परियोजनामार्फत उत्पादन हुने गरेको छ । जलविद्युत् उत्पादनका लागि प्रयोग हुने जलाशय भने अहिले सङ्कटमा रहेका छन् ।

पर्याप्त वर्षा नभएकाले जलाशयमा पानी कम भएकाले बिजुली उत्पादन पनि कम भएको अधिकारीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्