Logo
  माघ १७, २०७९ मंगलबार

नेपाल वायुसेवा निगमको दिल्ली उडान आज पनि प्रभावित



काठमाडौँ, १४ कात्तिक । नेपाल वायुसेवा निगमको दिल्ली उडान आज पनि प्रभावित भएको छ ।

बिहान ८ बजे नै उडान भर्ने भनिए पनि प्रभावित हुँदा १ सय ५० जना यात्रु रोकिएका छन् । आइतबार पनि उडान रोकिँदा २ सय ७४ यात्रु दिल्ली जान पाएका थिएनन् ।

रोकिएका यात्रुलाई दिल्ली उडान गर्ने अरु एअरलाइन्स र निगमकै जहाजमार्फत पठाउने तयारी छ । तर उडान कम, यात्रु धेरै हुँदा समस्या भएको नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काको भनाइ छ ।

नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको तालिका अनुसार निगमले काठमाडौँबाट अब हप्तामा १० वटा उडान मात्र दिल्ली भर्न पाउँछ । चार वटा उडान भैरहवाबाट गर्नुपर्छ । तर यो निर्णयको अटेरी गर्दै १४ वटै उडान काठमाडौँबाट गर्न खोज्दा यात्रुले दु:ख पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्