Logo
  आश्विन १६, २०७९ आईतबार

आफूखुसी ब्याजदर बढाउने सहकारीलाई कारबाही गरिने



काठमाडौँ, ५ असोज । सहकारी विभागले आफूखुसी ब्याजदर बढाउने सहकारीलाई कानुनी कारबाहीको प्रक्रियामा अघि बढाउने भएको छ ।

नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले ‘सहकारीको सन्दर्भ ब्याजदर’ विषयमा आज आयोजना गरेको छलफल कार्यक्रममा विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले आफूखुसी ब्याजदर बढाउने सहकारीलाई तत्काल कारबाही गर्ने चेतावनी दिए ।

विभागले ऐनको प्रावधानमा रहेर काम गर्ने भएकाले अहिले सन्दर्भ ब्याजदर बढाउने अवस्था नरहेको उनले बताए । सन्दर्भ ब्याजदर निर्धारण समितिले उपसमिति बनाएर अध्ययन गरिरहेको छ । उनले भने, “ऐनमै रहेर कुरा गर्ने हो भने ब्याजदर १६ प्रतिशतभन्दा बढी बढाउन सक्ने अवस्था देखिँदैन, कानुनबाहेकका विषय सिफारिस गर्न हामीलाई गाह्रो छ ।”

कमजोर वर्गको हित हुने भए सन्दर्भ ब्याजदर २० प्रतिशत बनाउन पनि कुनै आपत्ति नहुने विभागको भनाइ छ । सहकारी संस्थाको सङ्ख्या घटाउने गृहकार्यमा पनि विभाग लागेको छ ।

प्रतिक्रिया दिनुहोस्