Logo
  आश्विन १६, २०७९ आईतबार

बस र हाइलेक्स ठोक्किँदा तीन जना घाइते



बिर्तामोड, ६ असोज । बुट्टावारीमामा यात्रुबाहक बस र हाइलेक्स गाडी ठोक्किँदा तीन जना घाइते भएका छन् ।

पूर्व-पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड-६ स्थित बुट्टावारीमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ६४७२ नम्बरको बस र विपरीत दिशातर्फ आइरहेको बा २० च १७३८ नम्बरको हाइलेक्स गाडी एक आपसमा ठोक्किएको हो । बससँग हाइलेक्स गाडी ठोक्किँदा हाइलेक्सको अगाडिको भाग क्षतिग्रस्त भएको छ ।

दुर्घटनामा परी हाइलेक्स गाडी चालक कनकाई नगरपालिका-२ निवासी केशव चौधरी र सोही गाडीमा सवार बिर्तामोड-५ निवासी योगेन्द्र भुर्तेल घाइते भएका छन् ।

त्यस्तै बसमा सवार मोरङकी स्वस्तिका राई सामान्य घाइते भएकी जिल्ला टाफिक प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक अशोककुमार जबेगुले जानकारी दिए । घाइतेहरूको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्