Logo
  माघ १७, २०७९ मंगलबार

सामुदायिक वनमा आइतबारदेखि डढेलो: तीन घर जोखिममा



सांकेतिक तस्बिर

ताप्लेजुङ, ३० फागुन । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-१ स्थित कात्तिके सातपाखा सामुदायिक वनमा आइतबारदेखि लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । आगो निरन्तर फैलिँदै गएपछि मानव बस्तीहरू जोखिममा परेको उक्त सामुदायिक वनका अध्यक्ष श्रीप्रसाद घिमिरेले जानकारी दिए ।

“अचानक आइतबारदेखि लागेको आगो नियन्त्रण गर्न गए रातिदेखि नै खटिरहेका छौँ, रातभर सुत्न पाएको छैन, केही बस्ती र एउटा स्कुल जोगायौँ, अहिले भञ्ज्याङ आसपासमा आगो पुग्यो, यहाँका तीन वटा घर जोखिममा देखिएका छन्”, अध्यक्ष घिमिरेले भने । उनका अनुसार उक्त घर जोगाउन अग्नि रेखा बनाईएको छ ।

आगो नियन्त्रणमा स्थानीय ३०/३५ जना युवा खटिएका छन् । खोक्लिङ प्रहरी चौकीबाट प्रहरीको टोली खटिएको घिमिरेले बताए । आगलागीले सामुदायिक वनको ५० प्रतिशतभन्दा बढी भाग जलेको बताइएको छ । आगलागी क्षेत्र भिरैभिर भएकाले आगो नियन्त्रणमा समस्या भएको स्थानीयले जानकारी दिए । दुम्जा र रातमाटे बस्ती आगलागीबाट जोखिममुक्त भएका छन् । मेवाखोला नजिकैबाट आगो सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्