Logo
  माघ १६, २०७९ सोमबार

ज्याभ्लिन थ्रोमा चन्द्रकलाको राष्ट्रिय कीर्तिमान



पोखरा, २ कात्तिक । एथ्लेटिक्स महिला ज्याभ्लिन थ्रोमा पुलिसकी चन्द्रकला लामगादेले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।

बुधवार उनले ४७ दशमलव ६० मिटर थ्रो गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन् ।

यसअघि यो कीर्तिमान आर्मीकी लक्ष्मी थारुको नाममा थियो । आठौँ राष्ट्रिय खेलकुदमा उनले ४५ दशमलव २७ मिटर थ्रो गर्दै कीर्तिमान बनाएकी थिइन् ।

यही इभेन्टमा आर्मीकी लक्ष्मी थारुले ४५ दशमलव ५६ मिटर थ्रो गर्दै रजत पदक जितिन् । एपीएफकी सीमाकुमारी थारुले ४५ दशमलव २० मिटर थ्रो गर्दै कास्य पदक जितिन् ।

प्रतिक्रिया दिनुहोस्